koreanfriendfinder

Tuesday, October 13, 2009

Sagarmatha, the highest peak in the world


सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ गा.वि.स.मा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५ मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो। पछि सन १९६० मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए।

No comments:

Post a Comment